एटुजेड मोबाइल मेला २०७२ आजदेखि सुरु

चाडपर्वलाई लक्षित गरेर आजदेखि चितवनमा एजुजेड फेस्टिवल मोबाइल मेला २०७२ सुरु भएको छ । एटुजेड मोबाइल हाउसको तीनवटा शाखामा आयोजना गरिएको हातखाली नजाने उपहार सहितको मेला एकैचोटी उद्घाटन गरिएको हो । नारायणगढको लायन्सचोकमा आयोजना गरिएको मेलामा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष कल्याणजोशीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष जोशीले मोबाइलको प्रयोगले सूचनामा नेपालीहरुले फड्को मार्न थालेको भन्दै मेलाको सफलताको कामना गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष जोशीले यस्तो खालका मेला महोत्सवले चितवनका आर्थिक विकासमा टेवा पुग्ने बताए । एटुजेड मोबाइल हाउसका अध्यक्ष दिवाकर गुरुङको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । उता पूर्वी चितवनको टाँडी शो रुममा पनि आयोजना गरिएको मेलाको पनि आजै उद्घाटन गरिएको छ ।

a2z-Mobile-House-Festival-Mobile-Mela-2072 (4)a2z-Mobile-House-Festival-Mobile-Mela-2072 (2)

मेला उद्घाटन भएसँगै ग्राहकहरुको भीड लागेको छ । मेला यहि असोज ५ गते मंगलवारदेखि १२ गते सम्म चल्ने छ । मेलाको अवसरमा मोबाइल खरिदमा ५५ प्रतिशत रकम छुटको व्यवस्था गरिएको एटुजेड मोबाइल हाउसका संचालक दिवाकर गुरुङले जानकारी दिए । उनका अनुृसार सय जनालाई सुनको सिक्का उपहार र हरेक दिन लक्की ड्र मार्फत १ जनालाई स्मार्ट फोन बम्पर उपहार अन्तर्गत होन्डा डिउ स्कुटर लगायतको पुरस्कारको व्यवस्था छ । मेलामा प्रत्येक मोबाइल खरिदकर्ता हातखाली नजाने गरी आकर्षक उपहारको व्यवस्था समेत रहेको माबाइल हाउसले जनाएको छ ।
यो योजना एटुजेड मोबाइल हाउस अन्तर्गत तीनवटै शो रुम अन्तर्गत पहिलो शो रुम इन्द्रदेव मार्ग नारायणगढ, दोश्रो शो रुम के एल मल लायन्सचोक र तेस्रो शो रुम रत्ननगर टाँडी बजार चोकमा लागु हुनेगरी मेला सुरुभएको हो ।a2z-Mobile-House-Festival-Mobile-Mela-2072 (1)
चितवनमा मात्रै अहिले झण्डै १ सय ५० वटा भन्दाबढी मोबाइल पसलहरु छन् । यहाँका मोबाइल पसलले मात्रै मासिक झण्डै साढे ३ करोड मूल्य बराबरको आर्थिक कारोवार गर्दै आएका छन् ।

Source: Narayani Serophero

www.a2zmobilehouse.coma2z Mobile House – Official Page