असोज ५ गतेदेखि ‘एटुजेड फेस्टिबल मोबाइल मेला’

चाडपर्वलाई लक्षित गरेर चितवनमा एटुजेड मोबाइल हाउसले एटुजेड फेस्टिवल मोबाइल मेला २०७२ आयोजना गर्ने भएको छ । आधुनिक युगमा मोबाइल प्रयोग आधारभुत आवश्यकता जस्तै बन्दै गएकोले यसलाई व्यस्थित गर्न मोबाइल मेला आयोजना गर्न लागिएको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

COnference

a2z Mobile House ko मेला यहि असोज ५ गते मंगलवारदेखि १२ गते सम्म चल्ने छ । मेलाको अवसरमा मोबाइल खरिदमा ५५ प्रतिशत रकम छुटको व्यवस्था गरिएको एटुजेड मोबाइल हाउसका संचालक दिवाकर गुरुङले जानकारी दिए । उनका अनुृसार सय जनालाई सुनको सिक्का उपहार र हरेक दिन लक्की ड्र मार्फत १ जनालाई स्मार्ट फोन बम्पर उपहार अन्तर्गत होन्डा डिउ स्कुटर लगायतको पुरस्कारको व्यवस्था छ । मेलामा प्रत्येक मोबाइल खरिदकर्ता हातखाली नजाने गरी आकर्षक उपहारको व्यवस्था समेत रहेको माबाइल हाउसले जनाएको छ ।
यो योजना एटुजेड मोबाइल हाउस अन्तर्गत तीनवटै शो रुम अन्तर्गत पहिलो शो रुम इन्द्रदेव मार्ग नारायणगढ, दोश्रो शो रुम के एल मल लायन्सचोक र तेस्रो शो रुम रत्ननगर टाँडी बजार चोकमा लागु हुने समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । चितवनमा मात्रै अहिले झण्डै १ सय ५० वटा भन्दाबढी मोबाइल पसलहरु छन् । यहाँका मोबाइल पसलले मात्रै मासिक झण्डै साढे ३ करोड मूल्य बराबरको आर्थिक कारोवार गर्दै आएका छन् ।

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on pinterest
Pinterest
Share on whatsapp
WhatsApp
Share on email
Email